अष्ट्रेलियामा नेपाली युवकलाई बलात्कार अभियोगमा ३ वर्ष कैद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ मंसिर ,काठमाडौँ — अष्ट्रेलियाको क्यानबेरामा एक नेपाली युवक अभिषेक तिमल्सिना (३१) लाई बलात्कारसम्बन्धी गम्भीर अभियोगमा ३ वर्षको जेल सजाय सुनाइएको छ। एसीटी सुप्रिम कोर्टले उनलाई दुई पटक बलात्कारसहमति बिना चार अश्लील कार्य गरेको ठहर गरेको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्यूज़ले जनाएको छ।

🔹 पुरै घटना आर्ट पसलभित्र

घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननस्थित आर्ट पसलमा भएको हो, जहाँ तिमल्सिना काम गर्थे।
समाचारका अनुसार—

पीडित सामान किन्न पसलमा आएकी थिइन्

तिमल्सिनाले पसलको सटर बन्द गरे

उनलाई कामको शर्ट लगाउन लगाइदिए

फोटो खिचे, सहमति बिना चुम्बन गरे

त्यसपछि पछाडिको कोठामा लैजाई दुई पटक बलात्कार गरिनुका साथै बारम्बार अश्लील दुर्व्यवहार गरिएको अदालतले ठहर गर्‍यो

🔹 न्यायाधीशको टिप्पणी

एटीसी सुप्रिम कोर्टकी न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले ‘‘योजनाबद्ध रूपमा वातावरण निर्माण’’ गरेको उल्लेख गर्दै यस्तो काम पीडितको सुरक्षालाई पूर्ण रूपमा जोखिममा पार्ने व्यवहार भएको निर्णयमा उल्लेख गरिन्।

🔹 कानुनी प्रभाव

तिमल्सिना १२ महिनाभन्दा बढी जेलमा बस्नुपरे निर्वासनको जोखिम पनि रहने समाचारमा जनाइएको छ। यसै मुद्दालाई ‘सकारात्मक सहमति कानून’ अन्तर्गत सम्पन्न पहिलो परीक्षणको रूपमा पनि हेरेको बताइन्छ।

Leave a Comment