भेनेजुएलामा आपतकाल घोषणा, भूकम्पबाट ठूलो क्षतिको आशंका

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्पपछि सरकारले आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण ठूलो मानवीय क्षति भएको आशंका गर्दै सरकारले उद्धार र राहतका लागि आपतकालीन अवस्था लागू गरेको हो।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेकी हुन्। सम्बोधनका क्रममा गृहमन्त्री, राष्ट्रियसभाका प्रमुख तथा उनका भाइ जर्ज रोड्रिगेज पनि सहभागी थिए।
सरकारले राहत तथा उद्धार अभियानको समन्वय र अनुगमनका लागि एक जना जनरललाई जिम्मेवारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको छ। राजधानी काराकासमा केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली कम्पन महसुस गरिएको बताइएको छ।
भूकम्पपछि भवनहरू भत्किनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

Leave a Comment