१२ फागुन, बारा: बाराको बिश्रामपुर गाउपालिका-४ बलिरामपुर स्थित सशस्त्र प्रहरीको फरवार्ड बेसमा आज दिउँसो आगलागी भएको छ । विद्युत सर्ट भएर एफओबी बलिरामपुरमा आगलागी भएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंहले जानकारी गराउनु भयो । आगलागीबाट सशस्त्र प्रहरीको बर्दी,ओछ्यान, रासन लगायतका सामग्री जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । आगलागीबाट सशस्त्र प्रहरीको केही हतियारमा पनि क्षती पुगेको र थप विवरण संकलन गर्ने काम भईरहेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले जानकारी गराउनु भयो ।आगलागीबाट सशस्त्र प्रहरीको हतियार र गोलीमा समेत क्षती पुगेको प्रहरीले जनाएको छ । आगलागीका कारण फरवार्ड बेस बस्न नसकिने अवस्थामा पुगेको छ । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको हो ।