विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी तीव्र, प्रतिनिधि काठमाडौं आइपुग्न थाले

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २६ पुस — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। राजधानीको भृकुटीमण्डपस्थित उद्घाटन स्थलमा स्टेज निर्माण, व्यवस्थापन तथा साजसज्जाका काम तीव्र गतिमा भइरहेको छ।

आइतबार उद्घाटन हुने महाधिवेशनलाई लक्षित गर्दै पार्टीले त्यसअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ। महाधिवेशनलाई भव्य बनाउने उद्देश्यका साथ संगठनात्मक तथा व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको जनाइएको छ।

विशेष महाधिवेशनका लागि देशभरका जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ। केही प्रतिनिधि राजधानी आइपुगेका छन् भने अन्यको आगमन जारी रहेको आयोजक पक्षले जनाएको छ।

महाधिवेशन पुस २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। यता, कांग्रेसको संस्थापन पक्षले भने यस महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै फरक धारणा सार्वजनिक गरिरहेको छ, जसले पार्टीभित्रको आन्तरिक बहसलाई थप चर्काएको छ।

विशेष महाधिवेशनले पार्टीको भावी दिशा र संगठनात्मक रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Comment