जिर्ण राष्ट्रिय झण्डा फेरेर जनमत पार्टीका उम्मेद्वार प्रमोद गुप्ताद्वारा नयाँ झण्डा फहराइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

राजु चौरसिया बारा, १४ माघ — जनमत पार्टीका बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार प्रमोद गुप्ताले मटिअर्वा भन्सारस्थित प्रवेशद्वारमा जिर्ण अवस्थामा रहेको नेपालको राष्ट्रिय झण्डा फेरेर नयाँ झण्डा फहराएका छन्।

लामो समयदेखि च्यातिएको र जीर्ण अवस्थामा रहेको राष्ट्रिय झण्डाप्रति सम्बन्धित निकायले ध्यान नदिएको भन्दै गुप्ताले स्वयं पहल गरी झण्डा परिवर्तन गरेका हुन्। राष्ट्रिय झण्डा देशको स्वाभिमान र पहिचानको प्रतीक भएकाले त्यसप्रति लापरवाही हुनु दुःखद विषय भएको उनले बताएका छन्।

यस अवसरमा गुप्ताले “राष्ट्र पहिलो” भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै देशको सेवा र राष्ट्रिय सम्मानको रक्षाका लागि आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय प्रतीकको सम्मान गर्नु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ।

उम्मेद्वार गुप्ताको यस कार्यको स्थानीयवासीहरूले प्रशंसा गरेका छन्। स्थानीयका अनुसार सार्वजनिक स्थानमा रहेको राष्ट्रिय झण्डाको संरक्षणका लागि गरिएको यो पहल सराहनीय र उदाहरणीय छ।

यसअघि जिर्ण झण्डाको अवस्थाबारे स्थानीय पत्रकार राजु चौरसियाले पटक–पटक आवाज उठाए पनि सम्बन्धित निकाय मौन बसेको बताइन्छ। त्यसपछि गुप्ताले पहल गर्दै झण्डा परिवर्तन गरेका हुन्।

सो अवसरमा जनमत पार्टीका नेता तथा स्थानीय पूर्व वडाध्यक्ष चन्देश्वर गुप्ता, बिनोद साह, रामाधार साह, सुजित पाण्डेय, संजय केशरी, मुकेश कुश्वाहालगायतको उपस्थिति रहेको थियो।

Leave a Comment