नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल सस्तो, डिजेल र मट्टीतेलमा पनि राहत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २ माघ २०८२ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ। संशोधित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

इन्धनको मूल्य घटेसँगै यातायात खर्च र दैनिक उपभोग्य वस्तुको लागतमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र खरिद लागतअनुसार आगामी दिनमा पनि मूल्य परिमार्जन हुन सक्ने संकेत गरेको छ।

Leave a Comment