काठमाडौंमा वायु प्रदूषण अझै अस्वस्थ स्तरमा, विश्वका प्रदूषित सहरमध्ये छैटौँ स्थान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २८ फागुन २०८२ (बिहीबार)
पछिल्ला केही दिनदेखि बढिरहेको वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको हावा अझै पनि अस्वस्थ स्तरमै रहेको छ। वायुको गुणस्तरमा अपेक्षित सुधार नआएपछि स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।

स्विट्जरल्याण्डस्थित संस्था ले सार्वजनिक गरेको रियल–टाइम तथ्यांकअनुसार बिहीबार बिहान करिब ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ पुगेको छ। एक्यूआई १५० भन्दा माथि पुगेपछि अस्वस्थ स्तर मानिन्छ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार

  • ०–५० : राम्रो
  • ५१–१०० : मध्यम
  • १०१–१५० : संवेदनशील समूहका लागि अस्वस्थ
  • १५१–२०० : अस्वस्थ
  • २०१–३०० : निकै अस्वस्थ
  • ३०१ भन्दा माथि : खतरनाक स्तर

अहिलेको सूचकांकका आधारमा काठमाडौंको हावा सर्वसाधारणका लागि पनि अस्वस्थ अवस्थामा रहेको देखिन्छ।

विश्वका प्रदूषित सहरहरूको सूचीमा काठमाडौं अहिले छैटौँ स्थानमा परेको छ। सूचीको शीर्ष स्थानमा उज्वेकिस्तानका सहरहरू रहेका छन् भने त्यसपछि भियतनाम, पाकिस्तानको , भारतको र क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।

यसअघि प्रदूषणको अग्रस्थानमा रहेको बंगलादेशको भने अहिले दसौँ स्थानमा झरेको छ।

वायु प्रदूषण बढेपछि सरोकारवाला निकायले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर जाँदा मास्क प्रयोग गर्न तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

Leave a Comment