निलम्बित महानिर्देशक प्रदीप अधिकारी थुनामै रहने धरौटीमा छाड्ने माग सर्वोच्च अदालतले अस्वीकार गर्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, माघ २३ — नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। यससँगै उनी थुनामै रहने भएका छन्।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न नमिल्ने ठहर गर्दै रिट निवेदन खारेज गरेको हो।

विशेष अदालतको आदेश कायम

यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर सर्वोच्च अदालतले विशेष अदालतकै आदेशलाई सदर गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।

हेलिपोर्ट निर्माणमा भ्रष्टाचार आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। सोही मुद्दाका कारण उनी यसअघि नै थुनामा पठाइएका थिए।

अदालतको पछिल्लो आदेशसँगै नलिन्चोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान र न्यायिक प्रक्रिया अझै अघि बढ्ने देखिएको छ।

Leave a Comment