काठमाडौँ आसपासका १४ जिल्लाको मतपत्र छपाइ बाँकी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२ फागुन २०८२,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । का अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मात्र काम बाँकी रहेको छ ।

भक्तपुरस्थित मा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाखभन्दा बढी मतपत्र छापिइसकेको छ । तीन दिनभित्र बाँकी जिल्लाको छपाइ सकिने अनुमान गरिएको छ ।

छापिएका मतपत्रको प्याकिङ कार्यसमेत तीव्र गतिमा भइरहेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । दैनिक करिब ११ देखि १५ लाख मतपत्र छपाइ तथा एक हजार बाकससम्म प्याकिङ भइरहेको आयोगले जनाएको छ ।

पुस २२ गतेबाट सुरु भएको छपाइअन्तर्गत पहिलो चरणमा नमूना मतपत्र तयार गरी जिल्लामा पठाइसकिएको थियो । दोस्रो चरणमा दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने अनुमान छ ।

यसैबीच छपाइ सम्पन्न भएका मतपत्र आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको छ । सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन तयारी अन्तिम चरणमा पुगेकाले बाँकी जिल्लाको मतपत्र छपाइ चाँडै सम्पन्न हुने आयोगको विश्वास छ ।

Leave a Comment