११ पुस, बारा : बारामा प्रहरीले करिब डेढ क्वीन्टल गाँजा सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ बाट मोटरसाइकल सहित एक सय ४२ किलो गाँजा नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी श्रीनगर बैरियाबाट खटेको प्रहरी टोलीले बीआर २२ एक्यु २९७६ नम्बरको मोटरसाइकल र गाँजा बरामद गरेको हो ।
गाँजा तस्करले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल र गाँजा छोडेर फरार भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।