३ चैत्र, बारा: बारामा आजदेखी सवारी चालक अनुमति पत्र परीक्षाकालागी चाहिने ट्रायल सेन्टर संचालनमा आएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर-३ गङ्गापुरमा बर्षा ट्रायल एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा आएको हो ।
ट्रायल सेन्टरको एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गरेका छन । ट्रायल सेन्टरको उदघाटन गर्दै मुख्यमन्त्री यादवले ऎन बमोजिम कामगर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रकाश चौगाई,राजनितीक सल्लाहकार सदस्य रामकिशोर यादव,लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डाक्टर कमरुलाह अंसारी, जिल्ला समन्वय समितीका सभापति नरेन्द्र साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।