बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

संसद्‌ सम्बोधनप्रति शीर्ष नेताकै आपत्ति, आकस्मिक सचिवालय बैठक बोलाइयो

काठमाडौं, चैत १९ —रामबहादुर थापा (बादल) ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको विवादित अभिव्यक्तिपछि भित्र तरंग सिर्जना भएको छ।

संसदीय दलका नेताका रूपमा बोल्दै बादलले नेपाली सेना, कर्मचारीतन्त्र तथा केही विदेशी निकायहरूमाथि समेत आरोप लगाउने अभिव्यक्ति दिएका थिए, जुन पार्टीको स्थापित नीतिविपरीत भएको भन्दै एमालेकै शीर्ष नेताहरूले आपत्ति जनाएका छन्।

उनले निर्वाचन परिणाम षड्यन्त्रपूर्ण रहेको संकेत गर्दै विभिन्न राज्य संयन्त्रहरूको मिलेमतो भएको आशय व्यक्त गरेका थिए। यसले पार्टीभित्र असन्तुष्टि बढाएको छ।

यसैबीच, एमालेले शुक्रबार दिउँसो पार्टी कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ। बैठकमा बादलको अभिव्यक्तिबारे गम्भीर समीक्षा हुने जनाइएको छ।

उपाध्यक्ष ले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको उल्लेख गर्दै बैठकमा आवश्यक छलफल र निर्णय हुने बताएका छन्।

त्यसअघि उपमहासचिव ले पनि संसद्‌ सम्बोधनको खण्डन गर्दै नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको सम्मान र विश्वास कायम रहने बताएका थिए।

बुधबार मात्रै संसदीय दलको नेता चयन भएका बादलको नेतृत्वप्रति पार्टीभित्र प्रश्न उठिरहेका बेला आएको यस अभिव्यक्तिले थप विवाद सिर्जना गरेको छ।

एमालेभित्रका एक पदाधिकारीका अनुसार, निर्वाचन प्रक्रिया निष्पक्ष भएको पार्टीको आधिकारिक धारणा रहँदै आएको अवस्थामा त्यसैमा प्रश्न उठाउने खालको अभिव्यक्ति आउनु खण्डनयोग्य भएकोले बैठक बोलाइएको हो।

Leave a Comment