आजदेखि चैते दशैं सुरु, बिहान ७:५१ मा घटस्थापना साइत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत ५, २०८२, काठमाडौं-आजदेखि हिन्दूहरूको महत्वपूर्ण पर्व अन्तर्गत चैत्र नवरात्र सुरु भएको छ। चैत्र शुक्ल प्रतिपदाका अवसरमा देशभर घटस्थापना गरी नवदुर्गा देवीको विधिपूर्वक पूजा–आराधना सुरु गरिएको छ।

राजधानीको मा विशेष रूपमा घटस्थापना गर्दै नवरात्र आरम्भ गरिएको छ। यस अवधिमा नवदुर्गा देवीको पूजा, व्रत र उपासनालाई विशेष महत्व दिइन्छ।

का अनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको थियो। सोही समयमा उत्तर फर्केर विधिपूर्वक घटस्थापना गर्न उपयुक्त मानिएको छ।

नवरात्र सुरु भएसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्छ। विशेषगरी दुर्गा भगवतीप्रति आस्था राख्ने श्रद्धालुहरू व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ।

शास्त्रीय मान्यताअनुसार वर्षभरि चार पटक नवरात्र मनाइन्छ। तीमध्ये चैत्र र असोज महिनाको नवरात्र विशेष महत्वका रूपमा लिइन्छन्।

Leave a Comment