बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 ‘लोकतान्त्रिक संस्कार जित–हार स्वीकार्नु हो’ : चितवन–३ बाट रेनु दाहाल

४ फागुन २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार ले चुनावी प्रतिस्पर्धामा जित र हार दुवैलाई स्वाभाविक रूपमा स्वीकार्नुपर्ने लोकतान्त्रिक संस्कारमा आफू स्पष्ट रहेको बताएकी छन्।

घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त समर्थनले उत्साहित बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। “आम मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले थप जिम्मेवारीबोध गराएको छ,” उनले लेखेकी छन्।

महानगरपालिकाको मेयरका रूपमा करिब ९ वर्ष कार्यकाल सम्हाल्दा इमान्दारिता र कामप्रतिको प्रतिबद्धताकै कारण जनस्नेह पाएको आफूले अनुभूति गरेको उनको भनाइ छ।

चुनावी प्रतिस्पर्धामा सहभागी भइसकेपछि परिणामलाई सहज रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिँदै दाहालले लोकतान्त्रिक मूल्य, मर्यादा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन्।

चितवन–३ मा यतिबेला उनको घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र रूपमा जारी रहेको जनाइएको छ।

Leave a Comment