काठमाडौं, फागुन ५ — बेलायतमा रोजगारी लगाइदिने आश्वासन दिँदै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर–७ निवासी ३५ वर्षीया रहेको प्रहरीले जनाएको छ।
उनीमाथि दुई जनालाई बेलायत पठाइदिने भन्दै करिब ५० लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ। पीडितको उजुरीपछि को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउपछि आवश्यक अनुसन्धानका लागि लामालाई , ताहाचल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढिरहेकाले यस्ता प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रियामार्फत मात्र विदेश जान सम्बन्धित निकायले सर्वसाधारणलाई सचेत गराउँदै आएका छन्।

