कलैयाको एभरेस्ट लजले सेवाग्राही  ठग्दै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 320
पढ्न लाग्ने समय : 2 मिनेट

२२ पुअ, कलैया : बाराको कलैया बजारमा रहेको एभरेस्ट लजले सेवाग्राहीलाई ठग्ने गरेको तथ्य बाहिरिएको छ।

सेवाग्राहीले बुक गरिसकेका  कोठा र  हल प्रयोग गर्न जादा सहमति बिपरित मोटो  रकम मागेर लजका संचालकले ठग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन।

द सहारा लोन सेविङ्ग एण्ड कोपरेटिभ सोसाइटी लिमिटेडको कलैया सेवा केन्द्रले २८ औ साधारण सभाको लागि सो लजमा पुस ९ गतेका लागि १० हजारमा बुक गरि स्थानीय पत्रीका साझेदारी दैनिकमा साधारण सभाको लागी सूचना प्रकाशित गरेको थियो।
सूचना प्रकाशित भएको जानकारी पाए पछि लज संचालक राजकिशोर किशोर साह र बृजकिशोर साहले सहाराका कार्यालय प्रमुख रन्जित रायलाई फोनगरी हल प्रयोगगर्न ५० हजार दिन भनेको कार्याल प्रमुख यादवले बताए।
राजकिशोर र बृजकिशोर सहोदर दाजुभाइ हुन।
लज बुक गर्न जादा अर्का संचालक नवल किशोर साहले १० हजारमा हल बुक गरेका थिए।
तीनै जना साहुअंग कुरा गरे पछि मात्रै हल बुक फाइनल हुने जानकारी नभए पछि दुख भोग्नु परेको कार्यालय प्रमुख रायले दुखेसो पोखे ।
पत्रीकाका मा सूचना प्रकाशित गरे पछि यसरी बार्गेनिङ गरेर लजका साहुले हामी ३ हजार भन्दा बढी शेयर धनीलाई दुख दिएको शेयर धनी इन्ताज अन्सारीले बताए ।

हामी सूचना पढी लजमा पुगेको पछि अर्को ठाउँमा कार्यक्रम सारिए जानकारी भएको अन्सारीले बताए।
माथिको घटना उदाहरण मात्रहो यो लजले अधिकास सेवाग्राहीलाई यसरीनै दुखा दिने गरेको स्थानीयले बताए ।

Leave a comment