आज विश्व सामाजिक न्याय दिवस : समानता र श्रमअधिकारमा विश्वको साझा प्रतिबद्धता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सामाजिक न्याय, समान अवसर र गरिमायुक्त कामको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय आह्वान

काठमाडौं, फागुन ८ — आज फेब्रुअरी २० का दिन विश्वभर विभिन्न कार्यक्रम गरी विश्व सामाजिक न्याय दिवस मनाइँदै छ। सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त रोजगारीको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई एकजुट गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ नोभेम्बर २६ मा पारित प्रस्तावअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउन सुरु गरिएको हो। श्रमिक अधिकार, सामाजिक सुरक्षा, असमानता न्यूनीकरण तथा समावेशी विकासको पक्षमा सचेतना फैलाउन यो दिवसले विशेष महत्व राख्छ।

को अगुवाइमा मनाइने यस दिवसले विश्वभर सामाजिक न्यायलाई दिगो विकासको आधारका रूपमा स्थापित गर्नुपर्ने सन्देश दिँदै आएको छ। गरिबी, बेरोजगारी, विभेद र सामाजिक बहिष्करण अन्त्य गर्न राज्य, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्छ।

नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरूले गोष्ठी, अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउँदै सामाजिक न्यायप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Comment