कार्की आयोगको प्रतिवेदनमाथि कांग्रेसको आपत्ति, पुनः अनुसन्धानको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

ललितपुर, वैशाख ३ — नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अपूर्ण र एकतर्फी भएको ठहर गरेको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त प्रतिवेदनले भदौ २४ गतेका घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको निष्कर्ष निकाल्दै पुनः निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा चैत २ र ३ गते सम्पन्न भएको थियो।
प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानबिन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि जस्ता विषयमा पनि व्यापक छलफल भएको थियो।
कांग्रेसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार र प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने निर्णय गरेको जनाएको छ। साथै, सरकारका सकारात्मक र कानुनी काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदमको कडा विरोध गर्ने नीति लिइएको पनि स्पष्ट पारेको छ।
पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले कर, भन्सार तथा अन्य शुल्कमा सहुलियत दिएर मूल्य घटाउन सरकारसँग माग गरेको छ। साथै, विद्यार्थीलाई विशेष सुविधा उपलब्ध गराउन पनि जोड दिएको छ।
बैठकले भ्रातृ संस्थाहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन पारित गर्नुका साथै विदेशस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ। क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले

Leave a Comment