काठमाडौं -३१ भदौ।
संघीय तहमा रहेका दरबन्दीहरू २० प्रतिशतले कटौती गर्ने निजामती सेवाका सचिवहरूले निर्णय गरेका छन् ।
मुलुकको विषम परिस्थितिलाई मध्य नजर गर्दै मंगलबार बसेको सचिवहरुको बैठकले दरबन्दी औसतमा २० प्रतिशत र कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।
सरकारी बैठक तथा सेमिनारहरु सरकारी हलमै गर्ने अनावश्यक देखिएका सरकारी संरचना र निकायहरू खारेज गर्ने र त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय क्षेत्र हेर्ने सचिवले समन्वय गरी तत्काल अघि बढाउने विभिन्न मन्त्रालय र सुरक्षा कार्यालयहरूको नियमित कार्य सुचारु गरी सेवा प्रवाहमा सहजता ल्याउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन र सोही कार्यदलले आवश्यक पर्ने सवारी साधन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मन्त्रालय र निकायहरूले जारी गरेका पासहरू खारेज गरी आवश्यकता अनुसार नयाँ जारी गर्ने लगायतका निर्णय भएका छन् ।
जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुँदा भएको क्षतिको विवरण संकलन गरी सम्बन्धित मन्त्रालयमा पेस गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइएको छ ।
२० प्रतिशत दरबन्दी र भता कटौती गर्ने सचिवहरूको निर्णय
Leave a Comment
Leave a Comment


