मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ कार्तिक ,काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

प्रदेशका ७४ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उनीहरूले संविधानको धारा १६८(३) बमोजिम सरकार गठनको प्रक्रियामा कानूनी मापदण्ड पालना नगरेको भन्दै नियुक्ति र त्यसबाट हुने निर्णयहरू रोक्न माग गरेका छन्।

रिटमा मुख्यमन्त्रीको नियुक्ति र त्यसपछि भएको कार्य सम्पूर्ण स्थगन गर्न माग गरिएको छ। साथै, नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अनुसार पुनः आह्वान गर्न अन्तरिम आदेशको माग गरिएको छ।

यसअघि, सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।

Leave a comment