प्रतिनिधिसभा निर्वाचन सुरक्षामा ३ लाख ४१ हजार सुरक्षाकर्मी परिचालन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

शुक्रबार, १५ फागुन २०८-काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। अन्तर्गतको निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार म्यादी प्रहरीसहित कुल ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी खटाइएको हो।

परिचालित सुरक्षाकर्मीमध्ये बाट ७९ हजार ७ सय २७, बाट ३४ हजार ५ सय ७६, बाट ७५ हजार ७ सय ९७, बाट १ हजार ९ सय २१ र म्यादी (निर्वाचन) प्रहरी १ लाख ४९ हजार ९० जना रहेका छन्।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक तथा आयोगका आयुक्त ले हालसम्म देशभरको सुरक्षा अवस्था सामान्य रहेको र कुनै गम्भीर चुनौतीको रिपोर्ट प्राप्त नभएको बताए। आयोगले सुरक्षा निकाय प्रमुखहरूसँग नियमित समन्वय र अवस्थाबारे अद्यावधिक जानकारी लिइरहेको उनले उल्लेख गरे।

उनका अनुसार यसपटक मतदातालाई सुरक्षित अनुभूति दिलाउन तथा निर्वाचन वातावरण सुदृढ बनाउन अघिल्ला निर्वाचनभन्दा केही अघि नै सेना परिचालन गर्ने निर्णय गरिएको हो। विगतमा सेनालाई तेस्रो सुरक्षा घेरामा सीमित गर्दा प्रभावकारिता कम भएको भन्ने राजनीतिक दलहरूको सुझावपछि आवश्यक परे पहिलो घेरामै खटाउन सकिने गरी नयाँ मोडालिटी तय गरिएको पनि उनले स्पष्ट पारे।

निर्वाचन सुरक्षा समितिको प्रारम्भिक बैठकले नै प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुने तालिका छ।

Leave a Comment