बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विषयमा विवाद, गोली चल्दा १६ वर्षीय युवक घाइते

पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

बारा, कात्तिक १४। बाराको फेटा गाउँपालिकामा स्वास्थ्य केन्द्र उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा गोली चल्दा १६ वर्षीय युवक आदित्य पासवान घाइते भएका छन्।

प्रहरीका अनुसार  घाइते पासवानको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
गाउँपालिकाले शनिबार स्वास्थ्य केन्द्र उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो। दिउँसो १ बजेका लागि निर्धारित उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा सहभागी हुन बारा आउँदै थिइन्।
कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद बढेको थियो। अध्यक्ष अन्सारी पक्षधर र विपक्षमा रहेका स्थानीयबीचको विवाद झडपमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको थियो।
उक्त घटनाका क्रममा प्रहरीले गोली चलाएको बताइएको छ। तर, प्रहरीले गोली चलाएको विषयमा औपचारिक पुष्टि गरेको छैन।

Leave a Comment