कात्तिक १४। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल लगातारको वर्षाका कारण रद्द भएको छ। खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
लगातारको वर्षाले मैदान खेल्न योग्य नभएपछि खेल रद्द गर्ने निर्णय गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन्।
शनिबार दिउँसो साढे १२ बजेका लागि निर्धारित खेल वर्षाका कारण हुन नसकेको हो। खेल रद्द भएपछि लुम्बिनी र चितवनले प्रतियोगिताको अंकतालिकामा एक–एक अंक थपेका छन्।
यसैबीच, शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल अपराह्न साढे ४ बजेका लागि निर्धारित छ।

