झापा–५ मा केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन्द्र शाह विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह विजयी भएका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।

काठमाडौँ महानगरपालिकाको प्रमुख पद सम्हाल्दै आएका शाह यस पटक राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै झापा–५ बाट चुनाव लडेका थिए। उनको उम्मेदवारीलाई रास्वपाले विशेष महत्वका साथ अघि सारेको थियो।

झापा–५ लामो समयदेखि ओलीको बलियो राजनीतिक आधार क्षेत्र मानिन्थ्यो। २०४८ सालदेखि यस क्षेत्रमा सक्रिय रहेका ओलीले अधिकांश निर्वाचनमा जित निकाल्दै आएका थिए। तर यसपटक मतदाताले नयाँ नेतृत्वतर्फ समर्थन जनाउँदै बालेन्द्र शाहलाई विजयी बनाएका हुन्।

यो परिणामसँगै झापा–५ मा राजनीतिक समीकरण परिवर्तन भएको छ भने रास्वपाको उपस्थिति संसद्मा थप बलियो हुने संकेत देखिएको छ।

Leave a Comment