विनोद चौधरीलाई भारी मतान्तरले हराउँदै नवलपरासी–१ बाट विक्रम खनाल विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन २०८२, आइतबार | काठमाडौं-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार खनालले ४५ हजार २४१ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार चौधरीले ९ हजार ५०२ मत प्राप्त गरे। यससँगै खनालले चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गरेका छन्।

त्यसैगरी नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनित कुमार मिश्रले १ हजार ५९३ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै नवलपरासी–१ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेको छ।

Leave a Comment