कलैया, १६ कात्तिक। नेपाली कांग्रेसको संस्थापन पक्षले आज बारामा पार्टीको १५औँ जिल्ला अधिवेशन आयोजना गर्दैछ। शेरबहादुर देउवा पक्षले कलैयास्थित बीपी स्मृति भवनमा अधिवेशन गर्न लागेको हो। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस बाराका सभापति राजेश राय यादवले जानकारी दिएका छन्।
यादवका अनुसार निर्धारित कार्यतालिकाअनुसार अधिवेशनका कार्यक्रम सञ्चालन हुनेछन्। अधिवेशनमा जिल्लाका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
कांग्रेसभित्र संस्थापन पक्ष र गगन थापा पक्षले छुट्टाछुट्टै रूपमा संगठनात्मक गतिविधि अघि बढाइरहेका बेला बारामा हुन लागेको देउवा पक्षको अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ।
देउवा पक्षले जिल्ला अधिवेशनको तयारी पूरा गरिसकेको भए पनि गगन थापा पक्षले भने बारामा जिल्ला तथा प्रदेश अधिवेशन गर्न बाँकी रहेको छ। दुवै पक्षका गतिविधि अलग-अलग रूपमा अघि बढ्दा जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक समीकरण थप चासोको विषय बनेको छ।
आजको अधिवेशनबाट जिल्ला नेतृत्व चयन हुनुका साथै पार्टीको आगामी सांगठनिक गतिविधि र रणनीतिबारे समेत निर्णय हुने अपेक्षा गरिएको छ।
बारामा देउवा पक्षको जिल्ला अधिवेशन आज, नेतृत्व चयन हुने अपेक्षा
Leave a Comment
Leave a Comment

