नवलपरासी–१ मा रास्वपाका राजन गौतम विजयी, कांग्रेसको ३४ वर्षे विरासत तोडियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन,नवलपरासी–१ (बर्दघाट–सुस्ता पश्चिम) निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजन गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई करिब ३५ हजार मतान्तरले पराजित गरेका छन्।

अन्तिम मत परिणामअनुसार राजन गौतमले ५०,९४५ मत प्राप्त गर्दा घिमिरेले १६,२९३ मत पाएका छन्। नेकपा एमालेका भागिरथ सापकोटाले ९,१३१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। यो क्षेत्र नेपाली कांग्रेसको पुरानो गढ मानिन्थ्यो, जहाँ २०४८ सालदेखि लगातार कांग्रेसले जित गर्दै आएको थियो। पूर्वमहामन्त्री शशांक कोइरालाले यहाँ लगातार चार पटक जीत हासिल गरेका थिए। तर यसपटक रास्वपाका राजन गौतमले ठूलो मतान्तरसहित विजयी भएसँगै कांग्रेसको ३४ वर्षे राजनीतिक विरासत अन्त्य भएको छ।

Leave a Comment