वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतमा पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

वीरगञ्ज, २६ कात्तिक। पर्साको वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष प्रहरी टोलीले उनलाई भारतको बिहारस्थित आदापुरबाट पक्राउ गरेको हो।
बिहीबार बिहान वीरगञ्ज कारागारको पर्खाल नाघेर फरार भएका साहलाई प्रहरीले खोजतलास गर्ने क्रममा भारतीय क्षेत्रमा फेला पारेको हो।
पर्साको पोखरिया निवासी साह जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनी विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए।
कारागारबाट फरार भएको पाँच घण्टामै उनलाई पक्राउ गर्न सफल भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

Leave a Comment