वीरगञ्ज, २६ कात्तिक। पर्साको वीरगञ्जस्थित कारागारबाट एक जना कैदी फरार भएका छन्।
फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–सतुरिया निवासी सुनिल साह रहेका छन्।
कारागारबाट कैदी फरार भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्टि गरेका छन्।
कैदी साह कारागारबाट कसरी फरार भए भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। घटनापछि उनको खोजी तथा नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइएको छ।
कारागारजस्तो सुरक्षा संवेदनशील स्थानबाट कैदी फरार भएपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

