बाराका चारै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाको क्लिन स्विप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२४ फागुन २०८२, कलैया । बारा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। चारै क्षेत्रमा जित हासिल गर्दै रास्वपाले बारामा ‘क्लिन स्विप’ गरेको हो।

बारा–१ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९९८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकी ले १४ हजार २२३ मत प्राप्त गरे। यसैगरी नेकपा (एमाले) का अच्युत मैनाली ले ११ हजार ६४५, नेपाल कम्युनिस्ट पार्टीका सन्तोष दंगाल ले २ हजार ८७८ र जनता समाजवादी पार्टी नेपाल (जसपा) का रामबाबु प्रसाद यादव ले २ हजार ५३० मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत शम्भुकुमार बस्नेत का अनुसार यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो भने ५ हजार २९६ मत बदर भएको थियो।

बारा–२ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामकिशोर यादव ले १४ हजार १९६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भैयाराम यादव ले ११ हजार ८३७ र नेकपा (एमाले) का बलवीर चौधरी ले ७ हजार २१३ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत किरण सिंह का अनुसार यस क्षेत्रमा एक लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको थियो भने ३ हजार ७६३ मत बदर भएको थियो।

बारा–३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९७ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका फरमुल्लाह मन्सुर लाई पराजित गरेका हुन्। मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यसैगरी जसपाका रामबाबु कुमार यादव ले ६ हजार ८८४, नेकपा (एमाले) की ज्वाला कुमारी साह ले ५ हजार २७१, जनमत पार्टीका प्रमोद गुप्ता ले ३ हजार ८१९, नेपाल कम्युनिस्ट पार्ट

Leave a Comment