चैत ५, २०८२, काठमाडौं-प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि गगन थापाले कांग्रेस सभापति पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति समक्ष आफ्नो राजीनामा पेश गरेका हुन्।
यसपटक थापा सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। उनी अमरेश सिहसँग पराजित भएका हुन्। अघिल्ला निर्वाचनहरूमा भने उनी काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए।
निर्वाचनमा को कमजोर प्रदर्शनपछि नेतृत्वमाथि दबाब बढिरहेको थियो। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै जितेको छ।
राजीनामाबारे पार्टीभित्र विभिन्न मत देखिए पनि थापाले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद छाड्ने निर्णय लिएको बताइएको छ। यसअघि उनलाई राजीनामा नदिन नेताहरूले आग्रह गर्दै आएका थिए।
हालै सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थापाको राजीनामाबारे अब केन्द्रीय कार्यसमिति बैठकले अन्तिम निर्णय गर्नेछ। बैठक शुक्रबारका लागि बोलाइएको छ।

