२६ मंसिर, काठमाडौं।
जेनजी आन्दोलन दमनको आदेश दिएर विवादमा तानिएका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल अब भ्रष्टाचारको नयाँ अनुसन्धान मा समेत परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेस गरेको कागजातमा रिजालले गृह मन्त्रालयमा उच्च पदमा हुँदा कर्मचारी सरुवा–बदलीमा शक्ति दुरुपयोग गरेको आशंका सम्पन्न विवरण समेटिएको छ।
के–के आरोप छन् रिजालमाथि ?
२३ भदौको जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा
अध्यागमन र आकर्षक कार्यालयमा ‘मनपरी’ सरुवा,
सेटिङमा आधारित चलखेल,
पेशागत आचरणविपरीत कर्मचारी व्यवस्थापन गरेको दाबी।
तत्कालीन गृहमन्त्री रमेश लेखकका सचिवहरू, गृहसचिव गोकर्णमणि दुवाडी तथा अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग अस्वाभाविक समन्वय र गतिविधि भएको भन्दै अनुसन्धान अघि बढेको उल्लेख।
रिजालले यसअघि सर्वोच्चमा दिएको जवाफमा आन्दोलनमा भएको गोलीकाण्डलाई “राजनीतिक समन्वयअन्तर्गत गरिएको काम” भनेका थिए।
अख्तियारले भने अहिले भ्रष्टाचार, दुराचार र पद प्रयोगसम्बन्धी नयाँ प्रश्नहरू उठाउँदै पूर्ण अनुसन्धान सुरू गरेको छ।

