आज देशभर हावाहुरीसहित वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ७ चैत —आज पनि देशभर आज मौसम बदली भई हावाहुरी, चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ।

कहाँ कस्तो प्रभाव ?

मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा बदली रहेको छ भने देशका बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदली देखिएको छ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा हिमपात

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति पनि बदली कायम

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहने बताइएको छ।

सतर्कता अपनाउन आग्रह

मौसमविद्हरूले हावाहुरी, चट्याङ्ग र असिनाबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Leave a Comment