काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। यससँगै नेपाल प्रहरीको नेतृत्वमा नयाँ अनुहारका रूपमा मनोज केसी आउने भएका छन्।
मन्त्रिपरिषद्को निर्णयसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ।

