एसईईका विद्यार्थी घटे, जापानबाट २३ विद्यार्थीले परीक्षा दिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१० चैत,काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी संख्या घटेको छ।

का परीक्षा नियन्त्रक का अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ४ हजार विद्यार्थी कम भएका छन्।

यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन्। गत वर्ष भने ५ लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिएका थिए।

यस वर्ष सहभागीमध्ये ६३ हजार विद्यार्थी ‘एक्जाम्टेड’ (Exempted) समूहमा रहेका छन्। साथै, जापानबाट २३ विद्यार्थीले पनि एसईई परीक्षा दिने भएका छन्।

बोर्डका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। केही जिल्लामा मात्रै प्रश्नपत्र पठाउन बाँकी रहेको जनाएको छ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य सामग्री चैत १४ गतेसम्म सबै जिल्लामा पुर्‍याइसकिने तयारी रहेको छ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन चारवटा सुरक्षा निकायसँग समन्वय गरी केन्द्रीय सुरक्षा समितिसँग छलफल गरिएको पनि बोर्डले जनाएको छ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। फागुन २१ गते भएको निर्वाचनका कारण परीक्षा दुई साता पछाडि सारिएको हो।

एसईईको नतिजा असारको तेस्रो सातामा सार्वजनिक गर्ने योजना रहेको बोर्डले जनाएको छ।

Leave a Comment