प्रधानमन्त्री शाहले पूजापाठपछि बालुवाटार प्रवेश गरे

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ चैत २०८२, शुक्रबार-काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले पूजापाठ सम्पन्न गरेपछि सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्।

शुक्रबार साँझ उनी बालुवाटार सरेका हुन्। कर्मचारीहरूले जानकारी दिएका अनुसार, प्रधानमन्त्रीले घर प्रवेश गर्नुअघि धार्मिक अनुष्ठान पूरा गरेका थिए।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन् र धापासीस्थित आफ्नो निजी निवासमा सरेकी छन्।

मध्याह्न राष्ट्रपति कार्यालय, शीतलनिवासमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा पनि उनी उपस्थित थिइन्। त्यही समारोहमा प्रधानमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिएका थिए। शपथ ग्रहणको क्रममा सात शङ्खको ध्वनि सँगसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन गरेका र १०८ बौद्ध भिक्षुले मङ्गल पाठ गरेका थिए।

 

Leave a Comment