काठमाडौं जिल्ला अदालतमा रमेश लेखकको म्याद सुनुवाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ चैत, काठमाडौं – पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्यादसम्बन्धी निवेदन पेश हुने तयारी भइरहेको छ।

रमेश लेखकको पक्षका कानुन व्यवसायीहरू इजलासमा उपस्थित भई बहस गर्ने जानकारी दिएका छन्। तर अदालतले प्रहरी र सरकारी वकिलको कार्यालयबाट आवश्यक फाइल पेस नभएपछि केहीबेर पर्खन आदेश दिएको छ। यसै कारण लेखकलाई रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ।

अदालत बाहिर कार्यकर्ताहरूले प्रदर्शन गर्न सक्ने सम्भावना देखिएपछि सुरक्षा कडा गरिएको छ। प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालित छ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा ल्याउन कठिन भएको बताइएको छ। पूर्व महान्यायाधिवक्ता रमेश बडालका अनुसार ओलीको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले उनी अदालतमा उपस्थित हुन सक्दैनन्। त्यसैले भिडियो कन्फ्रेन्सिङ मार्फत उनी अदालतमा सहभागी हुनेछन्।

अदालतमा बहस हेर्न र बहस गर्न कानुन व्यवसायीहरूको ठूलो भीड उपस्थित रहेको छ, जसले ओली र लेखक दुवैलाई थुनामा नराख्ने विषयमा बहस गरिरहेका छन्।

Leave a Comment