फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी, अदालत जाने गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सैरभ पाण्डेय,काठमाडौं, २३ चैत – गृहमन्त्री सुधन गुरुङले फेवाताल आसपासको जग्गा प्रकरणमा आफूहरू ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।

फेवाताल किनारमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले गुरुङसहित तीन जनाले उक्त जग्गा लिजमा लिएका थिए। तर, जग्गा फेवातालको मापदण्डभित्र नपर्ने भनेर झुक्याएर लिजमा दिइएको उनको भनाइ छ।

फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाले डोजर चलाउन थालेपछि यो विषय सार्वजनिक भएको हो। त्यसपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्।

गुरुङका अनुसार जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटर मापदण्ड बाहिर रहेको भन्दै विश्वास दिलाएका थिए। लालपुर्जामा समेत सुरक्षित रहेको देखाइएपछि आफूहरूले लिज सम्झौता गरेको उनले बताएका छन्। तर पछि महानगरबाट बुझ्दा उक्त जग्गा मापदण्डभित्र पर्ने तथ्य खुलेको उनको दाबी छ।

अतिक्रमित जग्गा भएको जानकारी पाएलगत्तै निर्माण कार्य र लगानी रोकिएको उनले स्पष्ट पारे। साथै, आफूहरूलाई झुक्याएर लिजमा दिइएको भन्दै ठगीविरुद्ध कानुनी उपचार खोज्ने तयारी भइरहेको गुरुङले बताएका छन्।

Leave a Comment