सातै प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२५ चैत,काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेकाले मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सफा मौसम रहेको छ।

देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने अनुमान गरिएको छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Comment