काठमाडौं, २९ चैत — प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। लामो समयदेखि सार्वजनिक नभएको भन्दै उठेको प्रश्नबीच आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विवरण सार्वजनिक गरेको हो।
उद्योगमन्त्रीसँग सबैभन्दा धेरै सुन
सार्वजनिक विवरणअनुसार उद्योगमन्त्री गौरी कुमारी सबैभन्दा धेरै सुन राख्ने मन्त्रीका रूपमा देखिएकी छन्। उनले आफ्नो विवरणमा १८० तोला सुन रहेको उल्लेख गरेकी छन्।
प्रधानमन्त्री र अन्य मन्त्रीहरूको विवरण
प्रधानमन्त्री बालेन्द्र शाहले १९० तोला गरगहना रहेको जनाएका छन्, तर त्यसको प्रकार भने खुलाइएको छैन।
गृहमन्त्री सुधन गुरुङ सँग ८९ तोला र श्रममन्त्री रामजी यादव सँग ८० तोला सुन रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले ले ४५ तोला सुन रहेको बताएका छन् भने अन्य मन्त्रीहरूको सुन ५ देखि ३० तोलासम्म रहेको देखिन्छ।
सार्वजनिक भएपछि चर्चा
सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्तिबारे चर्चा र प्रतिक्रिया बढ्न थालेको छ।
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक : कससँग कति सुन ?
Leave a Comment
Leave a Comment

