क्वीन्सल्याण्ड रोयल्स क्रिकेट क्लबमा नेपालका विकेटकिपर–ब्याट्सम्यान दिलीप नाथ अनुबन्ध

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा आक्रामक शैलीका बायाँहाते विकेटकिपर–ब्याट्सम्यान दिलीप नाथलाई क्वीन्सल्याण्ड रोयल्स क्रिकेट क्लबले आफ्नो टोलीमा अनुबन्ध गरेको छ।

लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको एनपीएल (नेपाल प्रिमियर लिग) जिताउन महत्वपूर्ण भूमिका निभाएका नाथ अब आगामी क्वीन्सल्याण्ड नेपालिज प्रिमियर लिग (QNPL) मा क्वीन्सल्याण्ड रोयल्सको प्रतिनिधित्व गर्ने भएका छन्।

क्लबले उनलाई ‘डायनामिक’ खेलाडीको रूपमा स्वागत गर्दै उनको अनुभव, सीप र ऊर्जाले टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। दिलीप नाथलाई टोलीको महत्वपूर्ण सदस्यका रूपमा लिइएको छ।

क्लबले उनलाई औपचारिक रूपमा स्वागत गर्दै आगामी सिजनलाई स्मरणीय बनाउने लक्ष्यसहित शुभकामना पनि दिएको छ।

दिलीप नाथको आगमनसँगै क्वीन्सल्याण्ड रोयल्सको ब्याटिङ तथा विकेटकिपिङ लाइनअप अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Leave a Comment