काठमाडौँ, वैशाख ६ — सरकारले अबदेखि सरकारी कर्मचारीलाई मासिक होइन, पाक्षिक रूपमा तलब–भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसअनुसार कर्मचारीले प्रत्येक १५ दिनमा तलब पाउने भएका छन्।
यो व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरिसकेको छ। यसअघि कर्मचारीहरूले तलब–भत्ता महिनाको अन्त्यमा मात्र प्राप्त गर्दै आएका थिए।
अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार कर्मचारीलाई समयमै भुक्तानी सुनिश्चित गर्न नयाँ प्रणाली लागू गरिएको हो। यसले कर्मचारीको आर्थिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सरकारले लागू गर्न लागेको यो पाक्षिक भुक्तानी प्रणालीलाई सार्वजनिक प्रशासनमा सुधारको अर्को कदमका रूपमा हेरिएको छ।


