काठमाडौं — देशका विभिन्न भागमा मौसमको आंशिक प्रभाव देखिँदा तराई क्षेत्रमा तातो हावा (लू) चल्ने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल पश्चिमी वायु र स्थानीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ। अन्य अधिकांश स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने कोशी प्रदेशका पहाडी र तराई भूभागसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। बाँकी तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।
हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा गर्मी बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा लू चल्ने सम्भावना उच्च रहेको छ।
आज राति पनि अधिकांश भूभागमा मौसम सफा रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहन सक्छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईमा तातो हावा र लूको सम्भावना, सतर्क रहन आग्रह
Leave a Comment
Leave a Comment

