गुरुङमाथि छानबिनको तयारी तीव्र, प्रक्रिया चाँडै टुंगिने : लामिछाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : रवि लामिछाने ले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन प्रक्रिया चाँडै अघि बढ्ने बताएका छन्।
बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार गुरुङ स्वयंले पनि आफूमाथि छानबिन गर्न आग्रह गरेका छन्।
लामिछानेले छानबिन कसरी र कुन संयन्त्रमार्फत गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताए। उनले आवश्यक कानुनी र संस्थागत तयारी भइरहेको पनि स्पष्ट पारे।

Leave a Comment