काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले शनिबार रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै अध्यादेशका विषयमा विपक्षी दलहरूको धारणा प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार बिहान भएको उक्त भेटवार्ता करिब एक घण्टा चलेको थियो। भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटवार्ताका क्रममा आङ्देम्बेले सरकारले अध्यादेशमार्फत अघि बढाएको कदमप्रति विपक्षी दलहरूको असहमति राष्ट्रपतिसमक्ष राखेका थिए। सरकारले विभिन्न अध्यादेश जारी गर्न सिफारिस गरेकोमध्ये केही अध्यादेश भने यसअघि नै जारी भइसकेका छन्।
विपक्षी दलहरूले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीप्रति आपत्ति जनाउँदै ती निर्णयहरू फिर्ता लिन आग्रह गर्ने बताएका छन्।
अध्यादेशबारे विपक्षी धारणा राष्ट्रपतिसमक्ष प्रस्तुत
Leave a Comment
Leave a Comment

