कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १२ कात्तिक। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।

कांग्रेस सभापतिमा निर्वाचित गगन थापाले भने यसअघि नै असोज २५ गते शपथ लिइसकेका छन्। सभापति थापाको शपथपछि निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहणसँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वले पार्टीको जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएको छ।

Leave a Comment