काठमाडौं : नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने बैठक बेलुका ५ बजेका लागि तय गरिएको छ। बैठकमा सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेन्डा रहने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को निर्णय प्रक्रिया र गणपूरक सङ्ख्यासम्बन्धी कानुनी जटिलता हटेको थियो। त्यसपछि सरकार प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई गति दिन सक्रिय भएको हो।
संवैधानिक व्यवस्थाअनुसार परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसका विषयमा भने कानुनमन्त्री पनि पदेन सदस्य रहने प्रावधान छ।
पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण चैत १७ गते अवकाशमा गएपछि सर्वोच्च अदालतको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन्। राउतको अवकाशअघि नै न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो।
सिफारिस सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्। संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष सेवा गरेका न्यायाधीश प्रधानन्यायाधीश बन्न योग्य मानिन्छन्।
न्यायालयमा वरिष्ठताको अभ्यासलाई निरन्तरता दिइए सपना प्रधान मल्ल नयाँ प्रधानन्यायाधीश बन्ने सम्भावना बलियो देखिएको छ। तर परिषद्ले फरक निर्णय गरे अन्य नाममध्येबाट पनि सिफारिस हुन सक्ने अनुमान गरिएको छ।
परिषद्मा सर्वसम्मति नभए बहुमतका आधारमा निर्णय हुने संवैधानिक व्यवस्था छ। सिफारिसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ हुनेछ। सुनुवाइ समितिबाट अस्वीकृत नभए राष्ट्रपतिबाट औपचारिक नियुक्ति प्रक्रिया अगाडि
भावी प्रधानन्यायाधीश चयन प्रक्रिया आजबाट अगाडि बढ्दै
Leave a Comment
Leave a Comment






