नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै सबै वाम शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित २६औँ निर्मल लामा स्मृति दिवस कार्यक्रममा बोल्दै उनले देशी तथा विदेशी शक्तिहरू योजनाबद्ध रूपमा कम्युनिष्ट आन्दोलनविरुद्ध सक्रिय रहेको बताए। उनले यस्तो अवस्थालाई समयमै बुझेर आत्मसमीक्षा गर्न नसके श्रमजीवी वर्गको अपेक्षामाथि धोका हुने चेतावनी दिए।
प्रचण्डले विगतका कमजोरी पहिचान गरेर सुधार गर्दै सम्पूर्ण कम्युनिष्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याउनुपर्ने आवश्यकता औंल्याए। जनताले पनि विभाजित नभई कम्युनिष्ट दलहरू एकढिक्का बनेर अघि बढेको देख्न चाहेको उनको भनाइ थियो।
उनले अहिलेको राजनीतिक परिस्थिति कम्युनिष्ट आन्दोलनलाई पुनः संगठित र सक्रिय बनाउने अवसर भएको उल्लेख गर्दै नयाँ ढंगले आन्दोलन अगाडि बढाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए।
कम्युनिष्ट आन्दोलनमाथि चुनौती बढेको प्रचण्डको दाबी, एकताका लागि आह्वान
Leave a Comment
Leave a Comment






