मधेसमा कृष्णप्रसाद यादव नेतृत्वको सरकार सुरक्षित, चार दल एक ठाउँमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारलाई निरन्तरता दिने विषयमा चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकार संकटमा पर्ने अनुमान गरिए पनि कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले संयुक्त रूपमा सरकारको पक्षमा उभिने निर्णय गरेका हुन्।
चार दलको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने प्रतिबद्धता जनाइएको छ। साथै, प्रदेश सरकारको स्थायित्वका लागि यथाशीघ्र विश्वासको मत लिन आग्रह पनि गरिएको छ।
गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट बाहिरिने घोषणा गरेपछि मधेस सरकारको भविष्य अन्योलमा परेको थियो। तर सत्ता गठबन्धनमा रहेका दलहरूले समर्थन कायम राख्ने निर्णय गरेपछि यादव नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित बनेको छ।
हाल मधेस प्रदेश सभामा १०१ सदस्य कायम छन्। कांग्रेसका २२, नेकपाका १५ तथा जसपा–लोसपाका २६ सांसदसहित सरकार पक्षमा ६३ सांसद देखिएका छन्। विपक्षमा एमालेका २४, जनमत पार्टीका १२ तथा अन्य साना दलका सांसद रहेका छन्।
यसअघि प्रदेश सभामा १०७ सदस्य रहे पनि केही सांसद निलम्बन र केहीले राजीनामा दिएपछि सदस्य संख्या घटेको हो।

Leave a Comment