काठमाडौँ, असोज ११-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दिउँसो रिहा गरेको छ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गर्दै उनलाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिएका छन्।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई उनका छोराको जिम्मा लगाइएको छ।
यसअघि शनिबार राति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित जबराको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले भने उनलाई पक्राउ गरिएको नभई सम्भावित भौतिक आक्रमणको सूचना पाएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको थियो।
जबरालाई आइतबार रिहा गरिएपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त
Leave a Comment
Leave a Comment

